प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०५-३०

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका-१५ जमुनाह चेक प्वाईन्ट स्थित प्रहरी टोली र लागूऔषध ब्यूरो बाँकेको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला बाँके खजुरा गाउँपालिका-४ एलगाउँ बस्ने बर्ष २९ को आसिल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको सुईटरको बायाँ खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा  खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ५०० मिलिग्राम लागूऔषध फेला पारी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।