प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०५-३०

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका-१५ जमुनाह चेक प्वाईन्ट स्थित प्रहरी टोली र लागूऔषध ब्यूरो बाँकेको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला बाँके खजुरा गाउँपालिका-४ एलगाउँ बस्ने बर्ष २९ को आसिल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको सुईटरको बायाँ खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा  खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ५०० मिलिग्राम लागूऔषध फेला पारी बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।