प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित पक्राउ

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

दाङ लमही नगरपालिका-९ अमिलिया स्थित अमिलिया चोकमा घोराहीबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना.७ ख. ९०५ नं.को बसलाई गोप्य सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार निम्न स्थान बस्ने, निम्न ब्यक्तिहरुबाट निम्न परिमाणमा चरेस जस्तो देखिने प्लाष्टिकमा बेरेको गिलो पदार्थ सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

                                                       निम्न :-

१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ डुमरगाँउ बस्ने बर्ष ४० की सुशिला गिरीको साथ बाट ४ के.जी. २६५ ग्राम ।

२) जिल्ला रोल्पा लिबाङ नगरपालिका ६ कोटगाँउ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३  सेवार बस्ने बर्ष ३८ की खुशी पुन मगर भन्ने एकता पुन मगरको साथबाट २ के.जी. ९५ ग्राम गरी दुवैको साथबाट प्लाष्टिक सहित तौल गर्दा जम्मा ६ के.जी. ३६० ग्राम बरामद भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।