प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित पक्राउ

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

दाङ लमही नगरपालिका-९ अमिलिया स्थित अमिलिया चोकमा घोराहीबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना.७ ख. ९०५ नं.को बसलाई गोप्य सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार निम्न स्थान बस्ने, निम्न ब्यक्तिहरुबाट निम्न परिमाणमा चरेस जस्तो देखिने प्लाष्टिकमा बेरेको गिलो पदार्थ सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

                                                       निम्न :-

१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ डुमरगाँउ बस्ने बर्ष ४० की सुशिला गिरीको साथ बाट ४ के.जी. २६५ ग्राम ।

२) जिल्ला रोल्पा लिबाङ नगरपालिका ६ कोटगाँउ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३  सेवार बस्ने बर्ष ३८ की खुशी पुन मगर भन्ने एकता पुन मगरको साथबाट २ के.जी. ९५ ग्राम गरी दुवैको साथबाट प्लाष्टिक सहित तौल गर्दा जम्मा ६ के.जी. ३६० ग्राम बरामद भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।