प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रभात फेरी कार्यक्रम सम्पन्न

२०७९-०६-०३

  • A
  • A-
  • A+
Share

असोज-३ गते,

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-१० स्थितबाट आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयको आयोजनामा (संबिधान दिवस, २०७९ को अवसरमा प्रभात फेरी) कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख माननीय श्री अमिक शेरचन र प्रमुख अतिथि माननीय मुख्य मन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको अध्यक्षतामा  सुरु भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्र.जि.अ. भरतमणि पाण्डे, नेपाली सेनाको सहायक रथी नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय, स.प्र.ई.का.भैरहवाका प्रमुख प्र.ब.उ.शिद्धीबिक्रम शाह, प्र.ता.के.बुटवलका प्रमुख प्र.ब.उ. सुरेन्द्र प्रसाद मैनाली, नेपाल प्रहरी रामार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्र.उ. योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्र.उ. रबिन्द्र रेग्मी, स.प्र.बल नेपाल २७ नं. गणका स.प्र.उ. गगन श्रेष्ठ, विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगायत अन्दाजी १५०० उपस्थिति रहेको थियो । उक्त प्रभात फेरी कार्यक्रम बुटवल चौराहाबाट सुरु भई अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगी कार्यक्रम गरी सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।