प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

दाङ घोराही उप-महानगरपालिका-५ नैनवार स्थित रा ५ प २११ नं.को मो.सा.ले पैदल यात्रीलाई ठक्कर दिई निम्न स्थान बस्ने निम्न ब्यक्तीहरू घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचार भई रहेको मो.सा.प्रहरीको नियन्त्रणमा ।

निम्न घाईते:‍-

१-मो.सा.चालक जिल्ला दाङ घोराही उ.म.न.पा.३ बस्ने वर्ष ३० को सन्तोष बुढाथोकी, अबस्था सिरियस ।

२-पैदल यात्री नामथर वतन नखुलेको वर्ष २३ को पुरूष ब्यक्ति, अबस्था सिरियस ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।