प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ को मृत्यु, १ जना घाईते

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

बर्दिया गुलरिया नगरपालिका-८ निलो पेट्रोलपम्प नजिकै हुलाकी सडकखण्डमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-५ फूलबारी बस्ने बर्ष १८ को सतीराम चौधरीले चलाएको भे३प ४६९४ नं. मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक र सोही मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष १८ को धनबीर चौधरी गम्भिर घाईते भई, दुबैजना घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, मो.सा. प्रहरीको नियन्त्रणमा ।

  • मो.सा. चालक सतीराम चौधरीको उपचारको क्रममा मृत्यु भएको, मृतक लाश बर्दिया अस्पतालमा रहेको,
  • धनबीर चौधरी थप उपचारको लागि नेपालगंज रिफर भई गएको ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।