प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ को मृत्यु, १ जना घाईते

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

बर्दिया गुलरिया नगरपालिका-८ निलो पेट्रोलपम्प नजिकै हुलाकी सडकखण्डमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-५ फूलबारी बस्ने बर्ष १८ को सतीराम चौधरीले चलाएको भे३प ४६९४ नं. मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक र सोही मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष १८ को धनबीर चौधरी गम्भिर घाईते भई, दुबैजना घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, मो.सा. प्रहरीको नियन्त्रणमा ।

  • मो.सा. चालक सतीराम चौधरीको उपचारको क्रममा मृत्यु भएको, मृतक लाश बर्दिया अस्पतालमा रहेको,
  • धनबीर चौधरी थप उपचारको लागि नेपालगंज रिफर भई गएको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।