प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

जिल्ला दाङ लमही नगरपालिका-६ अर्जुन खोलामा पौडि खेल्ने क्रममा निम्न स्थान बस्ने निम्न बालकहरु पानीमा डुबेको अबस्थामा स्थानियले फेला पारी उपचारको लागी लमही अस्पताल लमही, दाङमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

                                                   निम्न :-

१. जिल्ला दाङ लमही नगरपालिका-४ अर्ना बस्ने सुदिप बि.क.को. छोरा बर्ष १२ को अतित बि.क. ।

२. ऐ.ऐ.बस्ने बुवा आमाको नाम नखुलेको बर्ष ११ को ललित परियार ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।