प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबि मृत्यु

२०७९-०६-२४

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके जानकी गाउँपालिका-२ बनकटुवा बस्ने राजन सिंहको छोरा वर्ष २ को राजमिन्द्र सिंह खेल्ने क्रममा आफ्नै घरको पछाडि पानी जमेको खाल्डोमा डुबि रहेको अवस्थामा निजको बुबाले देखि बाहिर निकाली उपचारको लागि नर्सिङहोम नेपालगंज बाँकेमा ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेको लाश पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँकेमा पठाईएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।