प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबि मृत्यु

२०७९-०६-२४

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके जानकी गाउँपालिका-२ बनकटुवा बस्ने राजन सिंहको छोरा वर्ष २ को राजमिन्द्र सिंह खेल्ने क्रममा आफ्नै घरको पछाडि पानी जमेको खाल्डोमा डुबि रहेको अवस्थामा निजको बुबाले देखि बाहिर निकाली उपचारको लागि नर्सिङहोम नेपालगंज बाँकेमा ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेको लाश पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँकेमा पठाईएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।