प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०६-२६

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी रामग्राम नगरपालिका-१८ धर्मपुर बस्ने बर्ष २९ को दानेल गैरेको  एक तल्ले पक्की घरमा लागूऔषध राखिएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोली खटिगई खान तलासी गर्दा निजको घरको कोठा भित्र तहता माथि कालो प्लाष्टिकमा १४३ क्याप्सुल स्पास्मो र बाहिर १५७ ट्याब्लेट नाईट्राभेट-१० लागूऔषध फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।