प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०६-२६

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी रामग्राम नगरपालिका-१८ धर्मपुर बस्ने बर्ष २९ को दानेल गैरेको  एक तल्ले पक्की घरमा लागूऔषध राखिएको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोली खटिगई खान तलासी गर्दा निजको घरको कोठा भित्र तहता माथि कालो प्लाष्टिकमा १४३ क्याप्सुल स्पास्मो र बाहिर १५७ ट्याब्लेट नाईट्राभेट-१० लागूऔषध फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।