प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका-९ भर्तापुर स्थित बनगाई जिनुवा भित्री सडक खण्डमा जिनुवाबाट बनगाई तर्फ आउदै गरेको लु ८ प २०६८ नं. को मो.सा. र  बिपरित दिशाबाट जादै गरेको लु २ स १९४७ नं.को अटो एक आपसमा ठक्कर खादा मो.सा.चालक जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका-८ बस्ने बर्ष १६ निसान सुनार घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चार नं पठाईएकोमा थप उपचारको लागी बुटबल पठाईएको, अवस्था मध्यम, उपचारमा बुबा सम्लग्न रहेको, मो.सा.,अटो र अटो चालक प्रहरीको नियन्त्रणमा, मो.सा.चालक निसान सुनारको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।