प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घट्नामा १ जनाको मृत्यु

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-३ लंकपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको सियारी गाउँपालिका-३ बोहरवा बस्ने बर्ष २७ को मोहमद अखिफ मुस्लमानले चलाएको लु ३ च ३११४ नं.स्कोरपियोले साईकलयात्री जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका-१ तिवारीपुर बस्ने वर्ष ४५ को महेन्द्र भरलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि भिम अस्पताल भैरहवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको । स्कारपियो र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।