प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०७-२३

  • A
  • A-
  • A+
Share

 जिल्ला बाँके कोहलपुर नगरपालिका-१३ आर्मी पोष्ट नजिकै पुर्ब तर्फ राजमार्ग सडक खण्डमा पश्चिम देखी पुर्ब तर्फ जादै गर्दा धान लोड गरेको बिग्रिएर रोकी राखेको ना५ख ३४५९ नं. को ट्रकमा सोही दिशा तर्फ जांदै गरेको चालक जिल्ला बाँके बैजनाथ गाउँपालिका ५ जि गाउ बस्ने बर्ष ३० को गणेश योगीले चलाएको भे९प ७१३० नं. को मो.सा. सोही ट्रकको पछाडी ठक्कर खांदा मो.सा. चालक गम्भिर घाईते र मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष ३५ को जय बहादुर बुढा सामान्य घाईते भई दुबै जनालाई मेडिकल कलेज कोहलपुर बाँकेमा ल्याई चेक जांच गर्दा मो.सा. चालकको मृत्यु भएको, मो. सा. मा सवारको उपचार भईरहेको ।  ट्रक चालक फरार खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।