प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

दाङ, लमही नगरपालिका ९ अमिलिया स्थित प्रहरीको चेकिङ टोलीले गोप्य सुूचनाका आधारमा नेपालगंज देखि घोराही तर्फ जाँदै गरेको रा ३ प ८८८७ नं. को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा चालक जिल्ला दाङ गढवा गाउँपालिका वडा नं. ८ स्थायी वतन भई हाल ऐ. घोराही उपमहानगरपालिका १७ बस्ने बर्ष ३५ को जितबहादुर गुरुङ, ऐ.ऐ. वडा नं. १५ बस्ने बर्ष २० को नविन के.सी. र ऐ.ऐ वडा नं. १७ बस्ने बर्ष २६ को राजिव पुनमगरको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थको ११ वटा सानो पोका फेला पारी निजहरू तिनै जनालाई बरामद भएको लागूऔषध र मो.सा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।