प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना मानिस मृत्यु

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

रुपन्देही, बुटवल उपमहानगरपालिका १३ बेलबास चोक स्थित  पुर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु ६७ प ५३४९ नं.को मो.सा.लाई सोही दिशाबाट आउदै गरेको ना ५ ख ५१९५ नं. को बसले ठक्कर दिदा मो.सा.पछाडी सवार जिल्ला अर्घाखाची मालारानी गाउँपालिका-४ बस्ने बर्ष २५ को महेश खनाल गम्भिर घाईते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाईएकोमा डाक्टरले मृत घोषित गरेको,  मोटरसाईकल, मोटरसाईकल चालक, बस र बस चालक प्रहरीको  नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
९.२४० ग्राम लागूऔषध खैरो हेरोईनसिहत एक जना पक्राउ
२०८३-०७-०९

जिल्ला कपिलवस्तु, शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । स्थानीय २३ वर्षीया अस्मिता बोहोरा पक्राउ परेकी हुन् ।आफ्नै घरमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले बोहोराको घरमा खानतलासी गर्दा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला पारेको हो ।साथै, लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तौल मेसिन थान १ समेत बरामद गरी अस्मिता बोहोरालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा ल्याइएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।