प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरमा आगलागी

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा थवाङ गाउँपालिका-२ कोईचावाङ बस्ने बर्ष ५८ को शंकर झाक्रिको ढुङ्गा माटोले बनेको ३ तले ढुङ्गाले छाएको घरमा अचानक आगलागी भएको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई प्रहरी र स्थानियको सहयोगमा आगो निभाउदै गरेको, घरमा ३ वर्षको छोरा मात्रै रहेको र अन्य कामको शिलशिलामा वाहिर गएको भन्ने खुल्न आएको, अन्य कारण नखुलेको,घर र घरमा रहेको सम्पुर्ण सरसामान(ल.क.,अन्नपात,गरगहना) जलि नष्ट भएको, मानविय तथा चौपाया क्षति नभएको, उक्त आगलागीबाट अन्दाजी १,४८,००,००० (एक करोड अडचालिस लाख ) बराबरको क्षति भएको, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।