प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरमा आगलागी

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा थवाङ गाउँपालिका-२ कोईचावाङ बस्ने बर्ष ५८ को शंकर झाक्रिको ढुङ्गा माटोले बनेको ३ तले ढुङ्गाले छाएको घरमा अचानक आगलागी भएको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई प्रहरी र स्थानियको सहयोगमा आगो निभाउदै गरेको, घरमा ३ वर्षको छोरा मात्रै रहेको र अन्य कामको शिलशिलामा वाहिर गएको भन्ने खुल्न आएको, अन्य कारण नखुलेको,घर र घरमा रहेको सम्पुर्ण सरसामान(ल.क.,अन्नपात,गरगहना) जलि नष्ट भएको, मानविय तथा चौपाया क्षति नभएको, उक्त आगलागीबाट अन्दाजी १,४८,००,००० (एक करोड अडचालिस लाख ) बराबरको क्षति भएको, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।