प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध नियन्त्रणमा

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका-१ भिठा बस्ने बिनोद हरिजनको नयाँ निर्माण हुँदै गरेको घरको सिढी मुनी वेवारिसे अवस्थामा प्लाष्टिकको बाल्टिनमा लुकाई छिपाई राखिएको निम्न परिमाणमा लागूऔषध सशस्त्र प्रहरी बल सेमरीका टोलीले फेला पारी प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटी गई बरामद गरी आवश्यक कारवाहीको लागी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न लागूऔषध

१. डाईजेपाम २३५ एम्पुल

२. नुर्फिन   २३५ एम्पुल

३. फेनरागन  २४५ एम्पुल


सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।