प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध नियन्त्रणमा

२०७९-०८-१०

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका-१ भिठा बस्ने बिनोद हरिजनको नयाँ निर्माण हुँदै गरेको घरको सिढी मुनी वेवारिसे अवस्थामा प्लाष्टिकको बाल्टिनमा लुकाई छिपाई राखिएको निम्न परिमाणमा लागूऔषध सशस्त्र प्रहरी बल सेमरीका टोलीले फेला पारी प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटी गई बरामद गरी आवश्यक कारवाहीको लागी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न लागूऔषध

१. डाईजेपाम २३५ एम्पुल

२. नुर्फिन   २३५ एम्पुल

३. फेनरागन  २४५ एम्पुल


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।