प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ४ त ९१०३ नं. को ट्याक्टरको ट्रली पल्टिन जादा सोही ट्याक्टरमा सवार निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।

१. सोही ट्याक्टरमा सवार जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती बस्ने बर्ष ३० को खुम मल्ल ठकुरी, अवस्था सिरियस रहेकोमा उपचारको क्रममा मृत्यु भएको ।

 २. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को मनोज परियार, अवस्था मध्यम ।

३. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २६ को बिजय दमाई, अवस्था मध्यम ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।