प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-१५

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने स्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको  ना ८ ख ८८५१ नं. को टिप्परले हाल नामथर वतन नखुलेको पैदल यात्री बर्ष २६ को पुरुष ब्यक्तिलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, लास सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, टिप्पर र टिप्पर चालक जिल्ला नवलपरासी पुर्व कावासोती नगरपालिका-३ शिवमन्दिर बस्ने बर्ष  ३३ को गणेश बहादुर गुरुङ  प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।