प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share


जिल्ला दाङ दंगिशरण गाउँपालिका-३ एकली स्थित एकलीबाट थपगाउँ तर्फ जादै गरेको रा १ त ४५९३ नं. को ट्याक्टरबाट सोही ट्याक्टरमा लेवर काम गर्ने ऐ. ६ थपगाउँ बस्ने बर्ष १७ को सुदिप चौधरी (चलिरहेको अबस्थामा) खस्न जादा सिरियस घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ पठाईएको, ट्याक्टर प्रहरीको नियन्त्रणमा, चालक ऐ. ६ थपगाउँ बस्ने बर्ष २९ को वेश बहादुर चौधरी फरार रहेको खोज तलास कार्य भईरहेको,

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको लाश सोही अस्पतालमा रहेको, ट्याक्टर र ट्याक्टर साहु नियन्त्रणमा ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।