प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ३ जना पक्राउ

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित विषेश सूचनाको आधारमा प्रहरी टोलीले नेपालबाट भारत तर्फ अबैद रुपमा निम्न मानिसहरुले कम्मरमा कपडाले बादी लैजादै गरेको अन्दाजी १५ के.जी. अफिम जस्तो देखिने कालो पदार्थ मानिस सहित बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

                                                              निम्न

१. जिल्ला रुकुम काक्री गाउँपालिका-९ हाल जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका-१७ मानपुर बस्ने बर्ष ४३ की आसा कुमारी बुढा ।

२. जिल्ला रोल्पा गाम गाउँपालिका-१ हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ४८ कि निर्मला बि.क.

३. जिल्ला रोल्पा घर भई हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ३६ कि भावना पुन मगर ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।