प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका-५ खानेपानी कार्यालय अगाडी रक्षाचौरबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ च १३२९ नं.को पिकअप जिपले पैदल यात्री ऐ.बस्ने बर्ष ५२ को राजकुमार ठाकुरलाई ठक्कर दिदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागी कोहलपुर बाँके रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।