प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका-५ खानेपानी कार्यालय अगाडी रक्षाचौरबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ च १३२९ नं.को पिकअप जिपले पैदल यात्री ऐ.बस्ने बर्ष ५२ को राजकुमार ठाकुरलाई ठक्कर दिदा घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागी कोहलपुर बाँके रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।