प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

जिल्ला दाङ घोराही उप-महानगरपालिका-१७ चौधेरा नजिक रा १ ह ५२०३ नं.को अटो र रा ३ प २१२९ नं.को मो.सा.एक आपसमा ठक्कर खादा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भई रहेको मो.सा. र अटो प्रहरीको नियन्त्रणमा, अटो चालक उपचारमा संलग्न रहेको ।

निम्न घाईतेः-

१ मो.सा.चालक जिल्ला दाङ घोराही उ.म.न.पा.२ बस्ने वर्ष ३९ को भक्त ब.के.सी.,अबस्था मध्यम ।

२ मो.सा.पछाडी सवार जि.दाङ गढवा गा.पा.४ बस्ने वर्ष अं.५० को ओम ब.के.सी., अबस्था मध्यम ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।