प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखले च्यापी मृत्यु

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

माघ ०२, अर्घाखाँची

अर्घाखाँची, शितगंगा नगरपालिका वडा नं. ३ खिब्दी बस्ने वर्ष ४८ की चेतकला आचार्यको रुखले च्यापी मृत्यु भएको छ । मिति २०७९।१०।०२ गते १६:४० बजे  चेतकला आचार्य र ऐ-ऐ बस्ने बर्ष ६० को हिमलाल अधिकारीले आफ्नै बारिमा रहेको सालको रुख ढाल्ने क्रममा हावाको वेगले रुख एक्कासी निज चेतकला आचार्य माथि ढल्न गई रुखले च्यापि निजको घटनास्थलमा  मृत्यु भएको हो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।