प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

आज मिति २०७९।१०।११ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १९ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्युका साथै अन्य  सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।