प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न ।

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा मिति २०७९।१०।१२ गते जिल्ला दाङ, लमही नगरपालिका वडा नं. ४ मन्त्र होटलमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके र जिल्ला प्रहरी कार्यालय (१२) गरी १७ प्रहरी कार्यालयहरुले आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । साथै, यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. टेक प्रसाद राई ज्यूले नि:शुल्क प्रहरी सेवा, नागरिक मैत्री प्रहरी, सम्बृद्धि सहितको सुशासन, तस्करी नियन्त्रण, भष्ट्राचारमा शुन्य सहनशिलता लगायतका विषयहरुलाई प्राथमिकतामा राखी सुधार गर्नका लागि आवश्यक सुझाव सहितको निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।