प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मानिसको मृत्यु ।

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, १७ माघ

              सन्धिखर्क नगरपालिका-७ डिडाँडा बस्ने १९ वर्षीय रोशन शाहको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

              नेपाल विद्युत प्राविधिकरण अर्घाखाँची शाखाका अस्थाई (सेवा करार) प्राविधिक कर्मचारी शाहले भुमिकास्थान नगरपालिका-९ जलुकेपानस्थित नेपाल विद्युत प्राविधिकरणको ट्रान्समिटरको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।