प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित १ जना पक्राउ

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-९ नयाँ बसपार्क भित्र अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला उदयपुर त्रियुगा गा.वि.स. वडा न. ११ बस्ने वर्ष २७ को बिकु लामिछानेको साथमा रहेको निलो झोलामा नुफिन ३४ एम्पुल, फेनारागन ३४ एम्पुल, डाईजापाम ३४ एम्पुल लागू औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।