प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित १ जना पक्राउ

२०७९-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-९ नयाँ बसपार्क भित्र अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला उदयपुर त्रियुगा गा.वि.स. वडा न. ११ बस्ने वर्ष २७ को बिकु लामिछानेको साथमा रहेको निलो झोलामा नुफिन ३४ एम्पुल, फेनारागन ३४ एम्पुल, डाईजापाम ३४ एम्पुल लागू औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।