प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्य योजनाहरु निर्माण गरी भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

फागुन -०४, दाङ

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो ।

प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी लुम्बिनी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन साथै यस कार्यालयले निर्माण गरेको सीमा तस्करी नियन्त्रण सम्बन्धी कार्य योजना २०७९, फैसला कार्यान्वयन कार्य योजना २०७९, लागू औषध नियन्त्रण कार्य योजना २०७९, आत्महत्या अपराध नियन्त्रण कार्य योजना २०७९ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले निर्माण गरेको सड्क दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य योजना प्रदेश प्रहरी प्रमुख राईद्वारा उक्त भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी पश्चिम लगायत १२ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक राईलाई जानकारी गराउनु भएको थियो ।

भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१८

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।