प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्य योजनाहरु निर्माण गरी भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।

२०७९-११-०४

  • A
  • A-
  • A+
Share

फागुन -०४, दाङ

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो ।

प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी लुम्बिनी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन साथै यस कार्यालयले निर्माण गरेको सीमा तस्करी नियन्त्रण सम्बन्धी कार्य योजना २०७९, फैसला कार्यान्वयन कार्य योजना २०७९, लागू औषध नियन्त्रण कार्य योजना २०७९, आत्महत्या अपराध नियन्त्रण कार्य योजना २०७९ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले निर्माण गरेको सड्क दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य योजना प्रदेश प्रहरी प्रमुख राईद्वारा उक्त भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी पश्चिम लगायत १२ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक राईलाई जानकारी गराउनु भएको थियो ।

भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।

सम्बन्धित समाचार
बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालक र बालकको मृत्यु
२०८३-०२-१८

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक र एक बालकको मृत्यु भएको छ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प.३३९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आई बाटो क्रस गर्दै गरेको रा.१ ख.२१९२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र ५ वर्षीय छोरा मिनाराज नेपाली घाइते भएका थिए। घाइतेमध्ये मनोज नेपालीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो भने मिनाराज नेपाली पनि गम्भीर घाइते भएका थिए। अनुषा नेपालीको अवस्था सामान्य रहेको थियो।उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि मनोज नेपाली र मिनाराज नेपालीलाई नेपालगञ्जस्थित साइन्सेस प्रालिमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले मिनाराज नेपाली र मनोज नेपाली मृत घोषणा गरेका थिए।मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ। घाइते अनुषा नेपाली उपचारपछि डिस्चार्ज भएकी छन्।दुर्घटनामा संलग्न टिप्पर, टिप्पर चालक दाङ शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर एक जनाको मृत्यु
२०८३-०२-१८

रोल्पा, माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी अन्दाजी ३९ वर्षीय हरिबहादुर घर्ती मगर रहेका छन्।हरिबहादुर घर्ती मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय कर्मलाल घर्ती मगर रा.१ च.११७४ नम्बरको पिकअप गाडी धुनका लागि स्याङखोलामा गएका थिए। सो क्रममा चालक कर्मलाल घर्ती मगरले गाडी धोइरहेका बेला हरिबहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री लिएर घटनास्थलबाट करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।पछि एक बाख्रा गोठालाले उनलाई खोलाको किनारमा पल्टिएको अवस्थामा देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा हरिबहादुर घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार, पिकअप गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।मृतकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ। 

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।