प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डक नहरमा हाम फाली मृत्यु

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-२ हरकपुरा स्थित रहेको गण्डक नहरमा ऐ.२ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती बर्ष अन्दाजी २९ कि (मानसिक सन्तुलन ठिक नभएको)  प्रतिमा थारुले आफ्नो दुई छोरा बर्ष ९ को क्रिश थारु र बर्ष ७ सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फाली  बेपत्ता भएको भन्ने खबर स्थानिय मार्फत प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गएको, स्थानीय र प्रहरीको सक्रियतामा खोज तलास गर्दा तिनै जनाको शव मृत अवस्थामा फेला पारी आवश्यक कार्य भईरहेको ।

नोट:- निजको श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको घरमा सासु दुई छोरा र निज महिला रहेको  ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।