प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१६ किलो लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्ती मगरको घरमा लागू औषध चरेस लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७९।११।१३ गते वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुबाट संयुक्त रुपमा खटि गएको प्रहरी अधिकृतको टोलीले मेघराज घर्ती मगरको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागू औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारी मेघराज घर्ती मगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।