प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

मिति २०७९।११।२९ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १८ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्यूका साथै अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।