प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडी मृत्यु

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका-८ सानोलिवाङ घर भई हाल जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका-४ गमालिचौरमा स्थित माईति घरमा विगत ३ बर्ष देखि बस्दै आएकी गणेश बस्नेतको श्रीमती बर्ष ३२ कि कामना घर्ति बस्नेत माईती घरदेखि अन्दाजी १ कि.मि.दक्षिण तर्फ रहेको मेलखोस्री वनमा काफलको रुखमा चढेर काफल टिप्ने क्रममा काफलको रुखबाट खसेर सिरियस घाईते भएको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई बुझ्दा निज घाईतेलाई उपचारको लागी दाङ तर्फ लैजाने क्रममा ऐ.ऐ. ४ गमालीचौर भन्ने स्थानमा ऐ.ऐ. स्थित रहेको सिमपानी स्वास्थ्य चौकी प्रमुख धन बहादुर घर्तिले मृत घोषणा गरेको, उक्त लास माईती घरमा ल्याई राखेको, निजको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश रहेको, निजको २ छोरी रहेको, घर पक्ष पनि आईसकेको, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।