प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित पक्राउ

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।