प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव-निर्मित प्रहरी चौकी भवन उद्घाटन सम्पन्न ।

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।०३ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । साथै उक्त कार्यक्रममा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता एवं भवन निर्माणका लागि विषेश योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।