प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव-निर्मित प्रहरी चौकी भवन उद्घाटन सम्पन्न ।

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।०३ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।
भवन उद्‍घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । साथै उक्त कार्यक्रममा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता एवं भवन निर्माणका लागि विषेश योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।