प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

रूपन्देही, सैनामैना नगरपालिका-३ पुष्पानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-३ पुष्पनगर बस्ने ३९ वर्षीय सन्तोष चौधरी र सोही ठाउँ बस्ने ३३ वर्षीय हरी बुचा मगर रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार