प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकमा आगलागी

२०८०-०१-१६

  • A
  • A-
  • A+
Share

नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१३ पाडाटिकरस्थित ना.२ ख ९७४२ नम्बरको पराल लोड गरेको ट्रकमा विद्युतको तारमा छुन गई शुक्रबार राति आगलागी हुँदा ट्रकको पछाडिको भाग र पराल समेत जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।