प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।२१ गते नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्‍घाटन सम्पन्न गरियो ।

उक्त समुद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुखज्यूबाट कार्यालयको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा आम नागरिकहरुसँग अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।