प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सात नाल भरूवा बन्दुक बरामद

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-८ लम्पाकोटस्थित स्याल्म्या चौर सामुदायिक वनको ओडारबाट ७ नाल भरूवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त ओडारमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।