प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०८०-०१-२७

  • A
  • A-
  • A+
Share

प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिमरुक गाउँपालिका-४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।


बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकमा भे.१ ख २२७१ नम्बरको टिपरले युपि ४० जे १२१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत बहराइच थाना रूपैडिया रामपुर बस्ने २५ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।