प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१० मन्झरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले लु. ७० प ४०५४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१६ हकुई बस्ने ३३ वर्षीय केशव प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि  मेडिकल कलेज भैरहवा रूपन्देही रिफर गरिएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

            रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ स्थित सडकमा भे.१ च ३२९० नम्बरको पिकअपले लु.१३ प ९२४६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ पकलिहवा बस्ने २४ वर्षीय धिरज सिह राजपुतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।  दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।