करेन्ट लागेर तीन जनाको मृत्यु
२०८०-०३-०७
- A
- A-
- A+
कपिलवस्तु, कृष्णनगर नगरपालिका-४
सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको
तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका-५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन
धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर सामान्य घाइते
भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर
गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, राजपुर गाउँपालिका-७
राटाकास बस्ने भक्त बहादुर विकको
छोरा १३ वर्षीय
तामुयल विकको
करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै
घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही
अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु
भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
।