प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर तीन जनाको मृत्यु

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

 कपिलवस्तु, कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका-५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्‍चात डिस्चार्ज भएका छन् ।

            बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको हो ।  

            दाङ, राजपुर गाउँपालिका-७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।