प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर २ जनाको मृत्यु

२०८०-०३-१२

  • A
  • A-
  • A+
Share

बर्दिया, मधुवन नगरपालिका-१ कैलाशी गाउँ बस्ने १९ वर्षीय सुदिप थारुको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ । सोही ठाउँस्थित आफ्नै दाजुको घरमा विद्युतको लाईन तान्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

रूपन्देही, गैडहवा गाउँपालिका-४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।