प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८० सम्पन्न ।

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा २०८० असोज ०६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भयो ।

अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीप्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेल सहितको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनअपराध अनुसन्धानको अवस्था तथा विश्लेषणप्रशासनिक गतिबिधीसुरक्षा तथा प्रहरी कार्यहातहतियारको अवस्थाशान्ति सुरक्षाका लागि प्रहरीबाट थालनी गरिएका नयां अभ्यासहरू लगायतका विविध विषयमा स्थलगत अवलोकन गरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीबाट उक्त विषयहरूमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरूमा रहेका सम्पूर्ण शाखाहरूमा रहेको जनशक्तिकार्यशैलीअभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीले उपस्थित सम्पूर्णमा धन्यवाद दिदैं ऐ. १२:३० बजे कार्यक्रम समाप्त भएको थियो ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।