प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८० सम्पन्न ।

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा २०८० असोज ०६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भयो ।

अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीप्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेल सहितको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनअपराध अनुसन्धानको अवस्था तथा विश्लेषणप्रशासनिक गतिबिधीसुरक्षा तथा प्रहरी कार्यहातहतियारको अवस्थाशान्ति सुरक्षाका लागि प्रहरीबाट थालनी गरिएका नयां अभ्यासहरू लगायतका विविध विषयमा स्थलगत अवलोकन गरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीबाट उक्त विषयहरूमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरूमा रहेका सम्पूर्ण शाखाहरूमा रहेको जनशक्तिकार्यशैलीअभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीले उपस्थित सम्पूर्णमा धन्यवाद दिदैं ऐ. १२:३० बजे कार्यक्रम समाप्त भएको थियो ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।