करेन्ट लागेर मृत्यु
२०८०-०६-१२
- A
- A-
- A+
१२ असोज
रूपन्देही, सियारी गाउँपालिका-७ बनगाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।