करेन्ट लागेर मृत्यु
२०८०-०६-१२
- A
- A-
- A+
नवलपरासी पश्चिम,
रामग्राम नगरपालिका-७ उजेनी बस्ने ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बालेको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।